+
+
Shares

सरकार परिवर्तनको हल्ला प्रचण्डको कुण्ठा र पीडाबोधः एमाले

सत्ता मोहका कारण प्रचण्डले सरकार परिवर्तनको हल्ला गरिररहेको नेकपा एमालेले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते १५:२४
नेकपा एमालेको पार्टी केन्द्रीय कार्यालय । तस्वीर : प्रधानमन्त्री ओलीको सचिवाल ।

१ वैशाख, काठमाडौं । नेकपा एमालेले वर्तमान सरकार परिवर्तनको कुनै पनि सम्भावना नरहेको प्रष्ट पारेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको हल्लामा सत्यता नरहेको निष्कर्ष निकालेको हो । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि सरकार परिवर्तनको हल्लाहरु गरिरहनुभएको छ । यसले उहाँमा सरकारबाहिर रहँदाको एक खालको कुण्ठा, एकखालको पीडाबोध प्रकट हुन्छ,’ बैठकको निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अहिले सरकार परिवर्तन न कतैबाट संभव छ, न त्यसको सान्दर्भिकता छ, न औचित्य छ ।’

तर सत्ता मोहका कारण प्रचण्डले सरकार परिवर्तनको हल्ला गरिररहेको ज्ञवालीले बताए । ‘राष्ट्रिय राजनीतिका यावत कुरा छोडेर सरकार परिवर्तनको कुरा मात्रै गर्नु भनेको सत्ताप्रतिको आशक्ति, सत्ता मोहबाहेक अर्थोक केही पनि होइन । त्यसले भ्रम सिर्जना गर्ने कोसिस भएको छ । त्यसलाई पनि खण्डन गरेका छौं’, ज्ञवालीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?