१ वैशाख, काठमाडौं । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) २०२५ को क्वालिफायरमा प्रवेश गरेको छ ।
सोमबार झापा एफसीलाई १–० ले पराजित गरेपछि धनगढीले शीर्ष दुईमा स्थान पक्का गर्दै क्वालिफायर वानमा स्थान बनाएको हो ।
दशरथ रंगशालमा भएको खेलमा धनगढीले दोस्रो हाफमा गोल गरेको थियो । सर्जियो बार्बोजाले दायाँ भागबाट दिएको क्रसलाई सिक्स यार्ड बक्समा रहेका हिजाजीले हान्ने प्रयास गरेका थिए ।
तर, झापाकौ दिपेश धिमालको खुट्टामा लागेर गोल भयो । गोलकिपर एन्जल श्रेष्ठले बल रोक्ने कुनै अवसर नै पाएनन् ।
जितपछि धनगढी ५ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा छ । यसअघि नै साविक विजेता ललितपुर सिटीले क्वालिफायर वानमा स्थान बनाइसकेको छ ।
झापाको भने यो पहिलो हार हो । ५ खेलबाट ४ अंकसहित झापा छैटौं स्थानमै छ र प्लेअफ होड कमजोर बनेको छ ।
प्रतिक्रिया 4