+
+
Shares

नयाँवर्षको पहिलो दिन देशभर ‘पिताम्बर’लाई दर्शकको साथ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १ गते २१:५८
नयाँवर्षको पहिलो दिन सोमबार बालाजुको अष्टनारायण हलअघि ‘पिताम्बर’ हेरेर निस्किएको दर्शकको भीड ।

काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘पिताम्बर’ले नयाँवर्षको दिन सोमबार देशभर उत्साहजनक ब्यापार गरेको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ बटुलेको फिल्मका सोमबारीय शो अधिकांश हाउसफूल रहे ।

शुक्रबारदेखि रिलिज भएको फिल्मले नयाँवर्षको बिदामा उल्लेख्य कमाइ गरेको देखिएको छ । आधिकारिक आँकडा त आइसकेको छैन, यद्यपि फिल्मले घरेलु बक्सअफिसमा न्यूनतम एक करोडभन्दा धेरै ब्यापार गरेको छ ।

यो एक्सनप्रधान फिल्म हेर्न सोमबार काठमाडौंसहित प्रमुख सहरका मल्टिप्लेक्स हलमा दर्शकीय उपस्थिती खचाखच रह्यो । काठमाडौंको क्यूएफएक्ससहित बालाजुको अष्टनारायण हलमा दर्शकको बाक्लो भीड देखियो । अष्टनारायण हलबाट प्राप्त भिडियो र फोटोमा दर्शकको ठूलो भीड देखिन्छ ।

सोमबार अष्टनारायण हल भिजिटमा पुगेको ‘पिताम्बर’को टिमलाई दर्शकले घेरेका थिए । जहाँ, कलाकारले दर्शकसँग फोटो खिचाए । धेरैपछि प्रदीप खड्का, सौगात मल्ल स्टारर फिल्मले दर्शकको लोभलाग्दो साथ पाएको हो । कृषा चौलागाईं निर्देशित फिल्मको कथावस्तु र एक्सन पक्षलाई दर्शकले रुचाएका छन् ।

यो मल्टिस्टारर फिल्मले शनिबार र सोमबार दर्शकको उल्लेख्य साथ पायो । विशाल चौलागाईंले निर्माण गरेको फिल्मको शीर्ष भूमिकामा प्रदीप छन् भने दयाहाङ राई, अनुपविक्रम शाही, दिब्यदेव पन्त, सुपुष्पा भट्ट, सुरक्षा पन्त, प्रमोद अग्रहरि लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?