+
+
Shares

लौका, तिते करेला र डल्ले च्याउको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते ८:०९

२ वैशाख, काठमाडौं । आज केही सागसब्जी र फलफूलको भाउ घटेको छ ।

कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितका अनुसार आज तिते करेला, लौका, डल्ले च्याउ, अमला र लप्सी लगायतको भाउ घटेको छ ।

समितिले निर्धारण गरेको मूल्य सूची अनुसार आज तिते करेला ५५ बाट घटेर ५० रुपैयाँ किलोमा कारोबार भएको छ भने लौका ४५ बाट ३५ मा झरेको छ ।

आज डल्ले च्याउको मूल्य किलोको २९६ रुपैयाँ ६७ पैसामा निर्धारण गरिएको छ । सोमबार ३७६ रुपैयाँ ६७ पैसा रहेको थियो ।

आज लप्सी ९५ बाट ८५ र अमला किलोको १२५ बाट ११० मा घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?