२ बैशाख, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज पोखरा थण्डर्स र बुटवल लुम्बिनीबीच खेल हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
दुवैको लिग चरणमा यो अन्तिम खेल हो ।
पोखरालाई प्लेअफ पुग्न आजको खेल ‘गर या मर’ (डु अर डाई)को स्थितीमा छ । भने बुटवल लुम्बिनी यसअघि नै प्लेअफको समिरकणबाट बाहिरिसकेको छ ।
५ खेलबाट ५ अंकसहित पोखरा पाँचौ संथानमा छ भने १ अंकसहित बुटवल पूछारमा छ ।
पोखरा लिगको अन्तिम खेल जित्दै प्लेअफ पुग्ने बाटो खोल्न चाहन्छ । उता प्लेअफ होडबाट बाहिरिसकेको बुटवल लुम्बिनी भने अन्तिम खेलमा सुखद नतिजाका साथ लिग सकाउन चाहन्छ । बुटवलले अहिलेसम्म एक खेल पनि जितेको छैन ।
यदी आज पोखराले बुटवललाई पराजित गरेका ८ अंक हुनेछ । लिगको ६ खेल नै खेलिसकेको काठमाडौं रेजर्सको पनि ८ अंक छ ।
काठमाडौं र पोखराको अहिले माइनस १ गोल अन्तर छ । पोखरा विजयी हुँदा गोल अन्तर पनि सुधारिनेछ । यस्तोमा पोखरा अघि रहनेछ । पोखराले हेड टु हेडमा काठमाडौंलाई पछि पार्नेछ । त्यसो भए पोखराको पनि प्लेअफ पुग्नेछ । यस्तै पोखरा विजयी भएमा झापा एफसी पनि आफ्नो अन्तिम लिग खेल्नुअघि नै बाहिरिनेछ ।
तर बराबरी वा हारले भने पोखराको प्लेअफ सम्भावना सकिनेछ भने यस्तो नतिजा भएमा काठमाडौं रेजर्स प्लेअफ पुग्नेछ र झापा एफसीको पनि झिनो सम्भावना बाँकी रहनेछ ।
अहिलेसम्म साविक विजेता ललितपुर सिटी एफसी र धनगढी एफसीले प्लेअफमा स्थान सुरक्षित गर्दै पहिलो क्वालिफायर नै खेल्ने पक्का भएको छ ।
प्रतिक्रिया 4