२ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (क्रिकेट)मा आज पनि एक खेल मात्र हुँदैछ । आज पञ्जाब किङ्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् ।
खेल पञ्जाबको न्यू चण्डीगढस्थित मुल्लानपुर क्रिकेट स्टेडियममा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
पञ्जाबले हालसम्म ५ खेल खेल्दा ३ जित निकालेको छ भने कोलकाताले एक खेल बढी खेल्द समान ३ जित निकालेको छ ।
पञ्जाबले गत खेलमा सनराइजर्स हैदराबादविरुद्ध २४५ रन बनाएपनि अभिषेक शर्माको शानदार ब्याटिङमा हैदराबादले लक्ष्य पूरा गर्दै खेल जितेको थियो ।
कोलकाताले भने अ३िल्लो खेलमा चेन्नई सुपर किङ्समाथि ८ विकेटको जित निकालेर आएको छ । दुवै टोली आज चौथो जितको खोजीमा हुनेछन् ।
अंकतालिकामा समान ६ अंक भएपनि नेट रनरेट केही बढी भएको कोलकाता पाँचौं तथा पञ्जाब छैटौं स्थानमा छन् ।
प्रतिक्रिया 4