
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेका महामन्त्री गगनकुमार थापाले एमालेसँगको सहकार्यले कांग्रेस नबिग्रिने दाबी गरेका छन् ।
काठमाडौंमा बौद्धिक पेसाकर्मी अभियान परिषद्ले मगलबार आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेस नबिग्रिने दाबी गरेका हुन् ।
‘यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरै देखिन्छ’, उनले भने, ‘तर, हामी मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । हामी त्यसकै अंग बन्न गएकै होइन ।’
उनले एमालेसँग सहकार्य गर्दा अपेक्षा गरिएका काम पूरा नभएको बताउँदै असन्तुष्टि पनि व्यक्त गरेका छन् । दुई ठूला पार्टी मिल्दा संविधान संशोधनका साथै जनअपेक्षाका काम गर्न सकिने विश्वास भए पनि त्यो ढिला भएको उनको भनाइ छ ।
यसका साथै भ्रष्टाचार नियन्त्रण र सुशासनमा पनि सुधार हुन नसकेको उनले बताए । उनले भने, ‘एमालेसँग मिलेर सरकारमा गयौं । हामीले के ठानेका थियौं भने दुई ठूला पार्टी मिलेर सरकार बनाइसकेपछि संविधानमा पनि हामी केही कुराहरु बदलाव ल्याउने कुराहरु तुरुन्त काम प्रारम्भ गर्छौं । खागरी गभर्नेन्समा हामी व्यापक सुधार गर्छौं । त्यो पनि ढिला भयो ।’
उनले वडामा, पालिकामा र संघीय सरकामा कांग्रेस हुँदा पनि चित्तबुझ्दो काम नभएको बताए । त्यसकै कारणले कार्यकर्ता र समर्थकमा केही अलमल, बेचैनी र आक्रोशी पनि देखिएको उनको भनाइ छ ।
उनले कांग्रेस सहभागी भएको सरकारले नै राम्रो काम गर्न नसक्दा असन्तुष्टि बढेको बताएका छन् । तीव्र गतिकामा काम गर्नुपर्ने बेलामा सरकार ट्याक्टरको गतिमा बढेको उनको टिप्पणी छ ।
प्रतिक्रिया 4