+
+
Shares

सिन्दुरमा रंगियो मध्यपुर थिमि (तस्वीरहरु)

आज जिब्रो छेड्ने जात्रा पनि मनाइँदै

यो मध्यपुर थिमीको सबैभन्दा ठूलो जात्रा हो । यसलाई सुथसिया जात्रा पनि भनिन्छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ वैशाख २ गते १२:१४

२ वैशाख, भक्तपुर । भक्तपुरको मध्यपुर थिमिमा सिन्दुर जात्रा मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा भक्तपुरको मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये यो एक प्रमुख जात्रा हो ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुर जात्रा मनाउने गरिन्छ । जात्रा प्रत्येक चोक, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने चलन छ ।

जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै आपसमा सिन्दुर दल्ने र नेवारी बाजाको तालसँगै नाचेर रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

यो मध्यपुर थिमीको सबैभन्दा ठूलो जात्रा हो । यसलाई सुथसिया जात्रा पनि भनिन्छ ।

यो जात्रामा जात्रामा थिमि क्षेत्रका ३२ वटा खटसहित बालकुमारी मन्दिर परिक्रमा गरिन्छ । तर विवादका कारण २०५६ सालदेखि नगदेश, बोडे, टिगनीको खट बालकुमारी मन्दिर परिक्रमा गर्न नआएपछि हाल ३२ भन्दा कम खटसहित मन्दिर परिक्रमा गरेर मनाइन्छ ।

आजै दिउँसो मध्यपुर थिमीको बोडेमा जिब्रो छेड्ने जात्रा पनि मनाइन्छ । सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?