+
+
Shares

नयाँ वर्षमा ‘रेसुङ्गा पार्क’मा पर्यटकको घुइँचो

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १०:५७

२ वैशाख, गुल्मी । नयाँ वर्ष २०८२ को अवसरमा गुल्मीको ‘रेसुङ्गा पार्क’ आन्तरिक पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ ।

प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्व बोकेको पर्यटकीय स्थलमा नयाँ वर्ष मनाउने पर्यटकको संख्या वृद्धि भएको हो ।

रेसुङ्गा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार वैशाख १ गते मात्रै २ हजार बढी आन्तरिक पर्यटकले रेसुङ्गा पार्क अवलोकन गरेका छन् । जसबाट करिव ६० हजारबढी राजस्व पनि संकलन भएको छ ।

पछिल्ला वर्षहरूमध्ये एकै दिनमा सर्वाधिक हो । पार्कमा भीड व्यवस्थित गर्न अतिरिक्त कर्मचारी परिचालन गरिएको थियो। रेसुङ्गा पार्कमा भ्यू टावर, झूला (पिङ), पिकनिक ट्रस, फोटोग्राफी जोन, प्ले जोन र अन्य रमणीय संरचना पर्यटकहरूको मुख्य आकर्षण बनेका छन् ।

साथै पार्कमा पैदल मार्ग, विश्रामस्थल, शौचालय, पार्किङ सुविधा, र टिकट काउन्टर लगायतका पूर्वाधारसमेत विस्तार गरिएको छ । नागरिकको सहज पहुँचका लागि प्रवेश शुल्क नेपालीहरूका लागि ५० रुपैयाँ, विदेशी नागरिकका लागि १५० रुपैयाँ तथा विद्यार्थी र ज्येष्ठ नागरिकका लागि २५ रुपैयाँ तोकिएको छ ।

पार्कमा जीप लाइन, साइक्लिङ ट्र्याक, र थप मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । नयाँ वर्षको सुरुवातमा प्रकृतिसँग आत्मीयता गाँस्ने रहर बोकेका नागरिकहरूका लागि रेसुङ्गा पार्क उत्कृष्ट गन्तव्य बन्न सफल भएको छ ।

जिल्लाको धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गाको काखमा रहेकोले पार्कमा पुग्नेको दिनहु बढ्दै गएको छ । पार्कसँगै रेसुङ्गा क्षेत्र पनि अवलोकन कर्ता पुगेका थिए ।

जिल्ला सदरमुकाम तम्घासबाट करिब पाँच मिनेटको गाडीको यात्रापछि पार्कमा पुग्न सकिन्छ । त्यस स्थानसम्म पुग्ने मोटरबाटो समेत कालोपत्रे भएको छ ।

तम्घास आउने पर्यटकलाई रेसुङ्गासम्म जाने क्रममा बीचमा थप आकर्षक बढाउनको लागि रेसुङ्गा पार्क बनाइएको हो । रेसुङ्गा नगरपालिकाले ‘जाउ हिँड रेसुङ्गा’ अभियान पनि चलाएको छ ।

सोही अभियानकै कारणले रेसुङ्गा र पार्क घुम्न जानेको संख्यामा वृद्धि हुँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?