
काठमाडौं । प्रदीप खड्का स्टारर फिल्म ‘पिताम्बर’ले घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्मले प्रदर्शनको चौंथो दिनमै खड्काको अघिल्लो फिल्म ‘एक्टर : टेक वन’ र अघिल्लो साता रिलिज भएको प्रकाश सपुतको ‘वसन्त’लाई उछिनेको छ ।
संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा बैशाख १ गते रातीसम्म ‘पिताम्बर’को कूल कमाई १ करोड ८६ लाख रुपैयाँ ग्रस छ । यो फिल्म चैत २९ मा रिलिज भएको थियो । आउने सप्ताहन्तमा सहजै २ करोड पार गर्ने प्रक्षेपण छ ।
कृषा चौलागाईं निर्देशित फिल्मले नयाँवर्षको दिन सोमबार देशब्यापी राम्रो कमाइ गर्यो । प्रदर्शनको सुरुवाती २ दिनमा फिल्मको कमाइ झण्डै करोड हाराहारीमा थियो । नयाँवर्षको विदाले कमाइमा वृद्धि भएको देखिन्छ ।
समग्रमा सकारात्मक प्रतिक्रियाको कारण ‘पिताम्बर’ले आउँदो साता पनि राम्रै कमाइ गर्न सक्ने देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4