+
+
Shares

बबई नदीमा गैरकानुनी मोटरबोट, रोक्न प्रशासनको आदेश

पर्यटन विभागबाट मोटरबोट व्यवसाय दर्ता नगरी मोटर बोटिङ गरेको र नदीमा समेत अवैध पानीको बहाब रोकिएको भन्दै प्रशासनले रोक लगाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १४:५८

२ वैशाख, काठमाडौं । दाङस्थित बबई नदीमा अवैध रूपमा बाँध बाँधी पानीको बहाब रोकेर मोटरबोट चलाइएको पाइएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले मंगलबार आदेश जारी गर्दै उक्त मोटरबोट नचलाउन भनेका छन् ।

पर्यटन विभागबाट मोटरबोट व्यवसाय दर्ता नगरी मोटर बोटिङ गरेको र नदीमा समेत अवैध पानीको बहाब रोकिएको भन्दै प्रशासनले रोक लगाएको छ ।

प्रशासनले मोटरबोट हेर्न नजिकै रहेको पुलमा अधिक मान्छेको भीड हुँदा समेत जोखिम बढेको जनाएको छ । कानुन अनुसार प्रावधान पूरा नगर्दासम्म उक्त कार्य नगर्न प्रशासनले आदेश जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?