२ वैशाख, काठमाडौं । नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा आठाैँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता यही वैशाख पहिलो साता हुने भएको छ ।
आयोजक नेपाल स्केटिङ तथा स्केटबोर्डिङले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोयोगिता बैशाख ५ र ६ गते हुने जानकारी गराएको हो । दुई दिन हुने प्रतियोगिता टोखा नगरपालिकास्थित स्केटर्स नेपाल स्केटपार्क, काठमाडौंमा हुनेछ ।
प्रतियोगितामा २५० जना पुरुष र १५० जना महिला प्रतियोगीको सहभागिता रहने संघका अध्यक्ष अच्युत खनालले जानकारी दिए । सातवटै प्रदेशबाट खेफाडीहरु छनोट गरे राष्ट्रिय प्रतियोगिता खेलाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा ५ गते छनौट चरणको खेल हुनेछ र ६ गते छनौट भएका खेलाडीहरु बिच अन्तिम चरणको प्रतिपस्धा हुने छ । स्केटबोर्डिङ खेल अर्न्तगत फ्रि स्टाईल विधामा बेस्ट ट्रिक र बेस्ट रन विधा खेलाइने छ ।
प्रतियोगिताको उद्धघाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले गर्ने र समापन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गर्ने आयोजकले जनाएको छ ।
संघले यसअघि विराटनगर, बुटवल, पोखरा र काठमाण्डौमा विभिन्न स्थानमा राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता सफलता पुर्वक सम्पन्न गरिसकेको छ ।
पुरुष र महिला तर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले २० हजार र तेस्रोल १५ हजार सहित मेडल तथा प्रमाण-पत्र प्राप्त गर्नेछन् । यस प्रतियोगिताका लागि बजेट २० लाख अनुमानित रहेको र विभिन्न निजी संस्थाहरुसँग सहकार्यको लागि छलफल भएको बताए ।
यस्तै आयोजककै रुपमा रहेको राखेपले क्यास प्राईज र मेडल शिल्ड व्यवस्था गर्ने संघले जनाएको छ ।
नेपालभर रहेका स्केटका खेलाडीहरुले राष्ट्रिय स्केटबोर्ड प्रतियोगितामार्फत आफ्नो क्षमता देखाउन पाउने संघको विश्वास छ ।
प्रतिक्रिया 4