+
+
Shares

आफ्ना कुकुर–बिरालो दर्ता गर्न काठमाडौं महानगरको सूचना

काठमाडौं महानगरपालिकाले आफ्ना कुकुर/बिरालोलाई माइक्रोचिप लगाएर वडामा दर्ता गरेर मात्रै पाल्न सूचना जारी गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १८:१९

२ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले कुकुर–विरालो दर्ता गर्न सूचना जारी गरेको छ ।

महानगरपालिका क्षेत्रमा कुकुर/बिराला चोरी भएको, हराएको तथा छाडा छोडिएको जनगुनासो आइरहेको भन्दै महानगरले आफ्ना कुकुर/बिरालोलाई माइक्रोचिप लगाएर वडामा दर्ता गरेर मात्रै पाल्न सूचना जारी गरेको हो ।

‘काठमाडौं महानगर क्षेत्रबाट वा क्षेत्रभित्र कुकुर/बिरालो बिक्री वितरण गर्ने व्यक्ति / संस्थाले अनिवार्य रूपमा माइक्रोचिपिङ गरेर मात्र बिक्री वितरण गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ महानगरले सूचनामा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?