+
+
Shares

गुल्मीमा एक पुरुष मृत फेला

रोल्पाको लुङग्री गाउँपालिका-२ का करिब ५० वर्षीय शिवराम खड्का मृत फेला परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते १८:३९

२ वैशाख, गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् ।

गुल्मी प्रहरीका अनुसार मदाने गाउँपालिका-६ मा रोल्पाको लुङग्री गाउँपालिका-२ का करिब ५० वर्षीय शिवराम खड्का मृत फेला परेका हुन् ।

गुल्मीका एसपी राजन भुजेलका अनुसार ढोरपाटन सडक खण्डमा काम गर्ने खड्का मंगलबार बिहान सुतेकै अवस्थामा मृत फेला परेका हुन्।

उनीसँगै काम गर्ने अन्य १३ जना भने बिहानै उठेर काममा गएका थिए । तर काम गर्न गएका साथीहरू खाना खाना आउँदा समेत सुतिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुको कमान्डमा टोलि खटिएको एसपी भुजेलले बताए ।

खड्काको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?