२ वैशाख, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वार्टरफाइनलको दोस्रो लेगमा बार्सिलोना र बोरुसिया डर्टमण्डबीच आज मंगलबार राति प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार आज राति १२ः४५ बजे डर्टमण्डको घरेलु मैदानमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ ।
स्पेनिस ला–लिगा महारथी बार्सिलोना र जर्मन बुन्डेसलिगा क्लब डर्टमण्डबीच प्रतिस्पर्धा हुँदा डर्टमण्ड निकै दबाबमा हुनेछ । यी दुई बीच १० अप्रिलमा भएको पहिलो लेगमा बार्सिलोनाले ४–० को प्रभावशाली नतिजा निकालेको थियो ।
त्यतिबेला लेवान्डोस्कीले २ र राफिन्हा र लामिन यामलले १/१ गोल गरेका थिए । आफ्नो घरेलु मैदानमा एक पक्षिय नतिजा निकालेको बार्सिलोना आज डर्टमण्डविरुद्ध मैदानमा उत्रँदा उच्च मनोबल रहेन छ । यता, डर्टमण्ड भने पहिलो लेगमै ४–० को फराकिलो अन्तरले पराजित भएकाले निकै दबाबमा रहने छ ।
आज हुने दोस्रो लेगमा बार्सिलोनाको पोस्टमा ५ गोल गर्नुका साथै आफूले एक गोल पनि नखाएको अवस्थामा मात्रै डर्टमण्ड सेमिफाइनलमा प्रवेश गर्नेछ । त्यसैले आजको खेल डर्टमण्डका लागि निकै दबाबपूर्ण हुनेछ ।
यो सिजन निकै फर्मममा रहेको बार्सिलोनाले मंगलबार खेलमा पनि त्यही गति दोहोर्याउने लक्ष्यमा छ । यता, डर्टमण्ड भने नतिजा उलटफेर गर्दै नाटकीय जित निकालेको अवस्थामा मात्रै अर्को चरणमा प्रवेश गर्नेछ । आफ्नो घरेलु मैदानमा खेल हुने भएकाले डर्टमण्डलाई केही फाइदा पुग्न सक्ने पनि विश्लेषण गरिएको छ ।
प्रतिक्रिया 4