+

पोखरा प्लेअफमा, झापा बाहिरियो, काठमाडौंले अझै कुर्नुपर्ने

२०८२ वैशाख  २ गते २०:१५ २०८२ वैशाख २ गते २०:१५
पोखरा प्लेअफमा, झापा बाहिरियो, काठमाडौंले अझै कुर्नुपर्ने

२ वैशाख, काठमाडौं । पोखरा थण्डर्स नेपाल सुपर लिग (एनएसएल) २०२५ को प्लेअफ पुग्ने तेस्रो टिम बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको आफ्नो अन्तिम लिग खेलमा बुटवल लुम्बिनीलाई २–० ले पराजित गर्दै पोखरा प्लेअफमा पुगेको हो । पोखरालाई जित दिलाउन आयुष घालन र बीएस्सी विलियमले गोल गरे ।

दुवै टिमको लिगको अन्तिम खेल थियो । पोखरालाई प्लेअफ पुग्न जित आवश्यक थियो भने यसअघि नै बाहिरिसकेको बुटवल कम्तीमा एक जित निकाल्न चाहन्थ्यो ।

तर पोखराले राम्रो प्रदर्शन गर्दै खेलको नतिजा आफ्नो पक्षमा पारेको हो ।

खेलको दशौँ मिनेटमै आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए ।

त्यसपछि पनि पोखराले अग्रता बढाउने अवसर पाएपनि सदपयोग गर्न सकेन । बुटवलले पनि पहिलो हाफमा बराबरी गर्ने अवसर पाउँदा फिनसिङ चुस्त रहेन ।

दोस्रो हाफमा पनि पोखराले एक गोल थप्यो । बीएस्सी विलियमले ५८औं मिनेटमा गोल गरे ।

पोखराको जितपछि झापा एफसी अन्तिम खेलअघि नै प्लेअफ होडबाट बाहिरिएको छ । यस्तै ६ खेल नै खेलिसकको काठमाडौं रेजर्सले भने अब प्लेअफ पुग्नका लागि चितवन र धनगढीबीच हुने अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

चितवन र धनगढीबीच लिगकै अन्तिम खेल बिहीबार हुनेछ । चितवनका लागि पनि प्लेअफ पुग्न उक्त खेल जित्नैपर्ने अवस्था बनेको छ ।

पोखराले अब एलिमिनेटर खेल्नेछ ।

पोखरा थण्डर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय