
२ वैशाख, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
आज (मंगलबार) राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेलमा ३/३ रुपैयाँ घटाइएको हो ।
योसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको १६० र मट्टीतेलको १४६ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङमा पेट्रोलको १५९ र मट्टीतेलको १४५ रुपैयाँ पर्नेछ ।
त्यस्तै, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीगञ्जमा भने पेट्रोलको १५७ रुपैयाँ ५० पैसा र मट्टीतेलको १४३ रुपैयाँ ५० पैसा पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4