+
+
Shares

शिक्षकका माग सम्बोधन गर्न सरकार तयार, सडक छाडेर विद्यालय फर्किन आह्वान

यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २ गते २२:५५

२ वैशाख, काठमाडौं । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार तयार भएको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले शिक्षकका माग सम्बोधन गर्न संसद् अधिवेशन बोलाउने लगायतका निर्णय गरेको हो ।

यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान पनि गरेको छ ।

सरकारले शिक्षकका समस्या समाधान गर्न शिक्षकहरूसँग वार्ता जारी राख्ने निर्णय गरेको छ । ‘शिक्षकका समस्या समाधान गर्न वार्ता जारी राख्ने र एसईईको उत्तरपुस्तिका परीक्षण गर्न र कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आ-आफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय जानकारी दिँदै शिक्षामन्त्री विद्या भट्टराईले भनिन् ।

मन्त्री भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा सरकार निरन्तर संवादमै रहेको भन्दै संवादलाई अझै सघन बनाउन सरकार संवेदनशील र गम्भीर रहेको बताइन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १२ वैशाख शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकका निर्णय जानकारी दिँदै एकमन्त्रीले भने, ‘संसदमा विचाराधीन रहेको शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने समेतका प्रयोजनका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको छ । सो विधेयक पारित गर्न सरकारले आवश्यक समन्वय र सहजीकरण गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?