
३ वैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्रमा कांग्रेस र कम्युनिस्ट एक रुखका दुई हाँगा भएको बताएका छन् ।
काठमाडौंमा बुधबार आयोजित उक कार्यक्रममा भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र आएसकेपछि कांग्रेस र कम्युनिस्ट रुखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताएका हुन् ।
कार्यक्रममा अध्यक्ष भट्टराईले अहिले विभिन्न ढंगले प्रतिगामीहरु सल्बलाउँदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्ने बताए ।
यस्तो बेला गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई माथि राखेर लोकतान्त्रिक मूल्यमान्यतामा दृढ रहेर सहकार्य गर्दै अघि बढ्न आह्वान समेत गरे । दलहरुबीचको सहकार्यबाटै गणतन्त्रको रक्षा गर्न सकिने उनको भनाइ छ ।
राजनीतिक बाङ्गोटिङ्गो हुँदै अघि बढ्ने प्रक्रिया भए पनि लोकतन्त्र नै प्रमुख कुरा भएको उनले बताए ।
प्रतिक्रिया 4