
३ वैशाख, काठमाडौं । बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्यवृद्धि भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बजारमा अकबरे (हरियो) खुर्सानीको मूल्य बढेको देखाएको हो । १५ चैतदेखि बजारमा अकबरे खुर्सानी आउन थालेको थियो ।
समितिले दैनिक सार्वजनिक गर्ने मूल्यसूची केलाउँदा १५ दिनमा अकबरे खुर्सानीको मूल्य किलोमा २४ रुपैयाँ वृद्धि भएको देखिएको छ ।
कालीमाटी तरकारी बजारमा आज बुधबार अकबरे खुर्सानीको थोक मूल्य किलोको अधिकतम ३ सय रुपैयाँ र औसत २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
यस्तै १९ चैतमा अकबरे खुर्सानी (हरियो) प्रतिकिलो अधिकतम २ सय ५० र औसत २ सय २६ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया 4