
काठमाडौं । कुनैबेलाको चर्चित फिल्मी गीत ‘अच्छा लिकिन लण्डनको चिसोले समाउला’ले पुनर्जीवन पाएको छ । प्रदर्शन तयारीमा रहेको फिल्म ‘नरसिंहा अवतार’ले गीतको नयाँ संस्करणलाई समेटेको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरियो । यसअघि यो गीत फिल्म ‘दैव संजोग’मा समेटिएको थियो, जसलाई पुनः रेकर्ड गरिएको हो । गीतमा शम्भुजीत बासकोटाको स्वर, शब्द र संगीत छ ।
गायनलाई उनलाई रचना रिमालले साथ दिएकी छन् । पुरानो भर्सनमा शम्भुजीत र देविका बन्दनाको स्वर समेटिएको थियो ।
नयाँ गीतमा कविराज गहतराजको नृत्य निर्देशन छ । राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, उषा खड्गी, दीपा शाही, एल्भिना खड्का गीतमा प्रस्तुत छन् । यो गीतमा हमालले नीतिसँग जोडी बाँधेका छन् ।
गीत सुन्दा धेरै दर्शकले पुराना यादलाई ताजा महसुस गर्नेछन् । दीवाकर भट्टराईको लेखन र निर्देशनमा तयार भएको फिल्ममा अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेशचन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, अमित गिरीको पनि अभिनय छ
आठ वर्षपछि हमालको पुनरागमन हुने भएकाले पनि यो फिल्मको चर्चा छ । ‘नरसिंहा अवतार’ ९ जेठदेखि प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4