+
+
Shares

७० वर्ष पार हुँदा पनि जनताका लागि २५ को जवान जसरी दौडिएको छु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १६:३५

३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीद र बेपत्ता परिवारका सदस्यहरूको समस्यालाई अनदेखा नगर्न आग्रह गरेका छन् ।

पार्टीको नवलपरासी जिल्ला समन्वय समिति निर्वाचन क्षेत्र नम्बर १ द्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा शहीद र बेपत्ता परिवारको आँशु लाग्ने भन्दै यस्तो बताएका हुन् ।

‘शहीद र बेपत्ता परिवारका सदस्यहरूलाई अनदेखा नगर्नुहोला । उहाँहरूको आँशु, पीडालाई बेवास्ता नगर्नुहोला, पाप लाग्छ । हुन त पाप र धर्म हाम्रो अर्कै बुझाइ हुन्छ । तर पनि शहीद र बेपत्ता परिवारको आँशु लाग्छ,’ प्रचण्डले भनेका छन् ।

साथ्ै, उनले आफ्नो पार्टीले गरेको अभियानमा हजारौं जनसमुदाय जोडिएको उल्लेख गर्दै यो अभियानसँगै बेपत्ता परिवारको पीडा पनि जोडिएको बताए ।

‘हजारौं र लाखौं जनसमुदाय जोडिनुभएको छ । सबै शहीद बेपत्ता परिवारका पीडाहरू पनि जोडिएका छन्,’ प्रचण्डले भने, ‘मैले त त्यो कुरा बुझेर आत्मसमीक्षासहित एकचोटी फेरि ७० पार हुँदा पनि २५ को जवान जसरी दौडिएको छु, देश र जनताको निम्ति । तपाईंहरू पनि दौडिनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?