+
+
Shares

पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजाले नयाँ वर्षमा दिएको वक्तव्यको समेत आलोचना गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १६:५०

३ वैशाख, काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाहको कुनै अस्तित्व नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजाले नयाँ वर्षमा दिएको वक्तव्यको समेत आलोचना गरे ।

अस्तित्व नै नभए पनि आफूलाई पूर्वराजा भनेर ज्ञानेन्द्रले ठाउँठाउँमा हिँड्दै चलखेल गरिरहेको उनले बताए । पूर्वराजाले संसदीय व्यवस्थामा बदमासी गर्न खोजिरहेको आरोपसमेत ठाकुरले लगाए ।

अध्यक्ष ठाकुरले भने, ‘हामीले चैत १५ को घटना देख्यौँ । त्यो प्रदर्शन सही थिएन । यस्ता प्रदर्शनले राजा फर्कने होइन, देशमा अराजकता मात्र फैलिन्छ । जसको अस्तित्व नै उनै आफूलाई पूर्वराजा भनेर हिँडिरहेका छन् ।’

ज्ञानेन्द्रले नयाँ वर्षमा दिएको वक्तव्य आपत्तिजनक भएको भन्दै उनले भने, ‘संसदीय व्यवस्था उनले मानेका छन्, तर त्यो आफ्नो अधिनमा हुनुपर्छ भनेर लागेका छन् । उनको बद्मासी यहाँ पनि स्पष्ट देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?