+
+
Shares

कांग्रेस ‘बा’को पार्टी होइन, यहाँ कोही भीम रावल बन्दैन : गगन थापा

थापाले भने, ‘कोही भीम रावल बन्दैन । किनकी यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १७:२५
फाइल तस्वीर

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीमा फरक मत राख्न र आलोचना गर्न पाइने बताएका छन् ।

बारा क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले आफ्नो पार्टीले गरेका कामको प्रचार आफैंले गर्नुपर्ने बताउँदै त्यो प्रयास भइरहेको पनि बताए ।

सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट सुनिँदै आएका थापाले सरकारका कामको शैली परिवर्तन अपरिहार्य रहेको बताए ।

उनले सत्ता साझेदार दल नेकपा एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै आफ्नो पार्टीमा प्रश्न गर्न पाउने जिकिर गरे ।

‘प्रश्न पनि गर्नुपर्छ । कांग्रेस पार्टी हो यो, यहाँ प्रश्न गर्न पाइन्छ । यहाँ फरक मत राख्न पाइन्छ, आलोचना गर्न पाइन्छ । कसैले लिएर जाँदैन,’ थापाले भने, ‘कोही भीम रावल बन्दैन । किनकि, यो कांग्रेस हो । यो हाम्रो पार्टी हो, बा को पार्टी होइन ।’

साथै, उनले आफ्नो पार्टीका मन्त्रीहरूले गरेको कामको प्रचार आफैंबाट हुनुपर्ने जिकिर गरे ।

‘हामीले गरेको कामको प्रचार हामीले गरेनौं भने फेरि अरु कसैले पनि गर्दैन । हाम्रो साथीहरूले काम गर्ने प्रयास गरिरहनुभएको छ,’ थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?