
३ वैशाख, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड ९एससीटी० ‘पेमेन्ट कार्ड इन्डस्ट्री–डाटा सेक्युरिटी स्ट्यान्डर्ड्स (पीसीआई–डीएसएस) प्रमाणित भएको छ।
एससीटीले हालै ‘पीसीआई–डीएसएस ४.०.१’ को प्रमाणीकरण प्राप्त गरेको जनाएको छ । जुन हालसम्मको सर्वाधिक सुरक्षित र अद्याावधिक संस्करण मानिन्छ । यो एक अन्तर्राष्ट्रिय स्तरको सुरक्षात्मक मापदण्ड रहेको भुक्तानी कार्ड सम्बन्धी डाटा सुरक्षा सुनिश्चित गर्न तयार गरिएको हो ।
यस मापदण्ड अन्तर्गत विभिन्न १२ प्रकारका सुरक्षा आवश्यकता र प्रक्रिया निर्धारण गरिन्छ जसले डाटा चोरी, अनधिकृत पहुँच तथा साइबर आक्रमणबाट बच्न सहयोग पर्याउने एससीटीले जनाएको छ ।
कुनै पनि भुक्तानी सेवा प्रदायक संस्थाका लागि पीसीआई–डीएसएस जस्तो प्रमाणीकरण प्राप्त गर्नु महत्त्वपूर्ण उपलब्धि हुने र यसले कम्पनीको प्रणाली, नेटवर्क तथा डाटा संरचना उच्चस्तरको सुरक्षा अनुरूप सञ्चालन भइरहेका छन् भन्ने प्रमाणित गर्ने एससीटीको भनाइ छ ।
एससीटी जस्तो संस्थाले यस्तो प्रमाणीकरण प्राप्त गर्नु ग्राहकको विश्वास जित्न, डिजिटल भुक्तानी सेवामा पारदर्शिता ल्याउन तथा साइबर जोखिम न्यून पार्न प्रभावकारी हुने एवं यो प्रमाणीकरणपछि एससीटीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित डिजिटल भुक्तानी पूर्वाधार निर्माण तथा व्यवस्थापन गर्न सक्षम बनाउने कम्पनीको भनाइ छ ।
नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन बमोजिम कार्डमार्फत भुक्तानी कारोबार गर्न अनुमतिपत्र प्राप्त संस्थाले कारोबार तथा कार्डसँग सम्बन्धित संवेदनशील सूचना प्रत्याभूति गर्न कार्डको प्रकृति अनुसार पीसीआई–डीएसएस जस्ता अन्तर्राष्ट्रिय रूपमा प्रचलित मापदण्ड पालना गर्नुपर्ने नियम रहेको एससीटीले जनाएको छ ।
प्रतिक्रिया 4