+
आईसीसी यू-१९ :

यूएईमाथि अफगानिस्तानको फराकिलो जित, शनिबार नेपालसँगको खेल निर्णायक

२०८२ वैशाख  ३ गते १७:३४ २०८२ वैशाख ३ गते १७:३४
यूएईमाथि अफगानिस्तानको फराकिलो जित, शनिबार नेपालसँगको खेल निर्णायक

३ वैशाख, काठमाडौं । अफगानिस्तानले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेपछि शनिबार हुने नेपाल र अफगानिस्तानबीचको खेल निर्णायक बनेको छ ।

बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा अफगानिस्तानले यूएईलाई डिएल पद्दतिमा १८० रनले हराएको हो । योसँगै यूएई, हङकङ र ओमान छनोटको होडबाट बाहिरिएका छन् ।

अफगानिस्तानले दिएको ३६० रनको विशाल लक्ष्य पछ्याएको यूएई २८ ओभरमा ९५(४ को अवस्थामा हुँदा पानी परेर केहीबेर खेल रोकिएको थियो । त्यसपछि ४७ ओभरमा झारिएको खेलमा यूएईले ३४९ रनको लक्ष्य पाएको थियो ।

उक्त लक्ष्य पछ्याएको यूएई ४७ ओभर खेल्दा ७ विकेट गुमाएर १६८ रन बनाउन सक्यो ।

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले खालिद अहमदजाईको शतक तथा उजेरुल्ला नियाजाई, बर्कत इब्राहिमजाई र कप्तान महबुब खानको अर्धशतक मद्दतमा ४ विकेट गुमाएर ३५९ रनको विशाल योगफल खडा गरेको थियो ।

प्रतियोगितामा‌ नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै तीन जित‌ निकाले । अफगानिस्तानले तीनवटै खेलमा फराकिलो जित निकालेका कारण नेट रनरेटमा‌ नेपालभन्दा अघि छ । नेपालले यूएईलाई ५ रनको अन्तरले मात्र‌ हराएको थियो ।

अब शनिबार नेपाल र अफगानिस्तानबीचको विजेता टोली २०२६ मा‌ हुने आईसीसी यू(१९ विश्वकपमा‌ छनोट हुनेछ । काठमाडौंमा अब केही दिन वर्षाको पनि सम्भावना रहेकाले यदि खेल नभएमा भने अफगानिस्तान छनोट हुनेछ ।

यूएई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय