+
+
Shares

सगरमाथा संवादबारे प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

सगरमाथा संवाद कार्यक्रमका लागि विगतमा भएका प्रयास समेतलाई आधार मानेर साझा अवधारणा ल्याउन प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १७:५९

३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सगरमाथा संवाद कार्यक्रममा साझा अवधारणा तयार गर्न ध्यानाकर्षण गराएको छ ।

माओवादी केन्द्रको वन, वातावरण तथा जलवायु विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार प्रधानमन्त्री एवं उक्त संवाद कार्यक्रमको निर्देशक समितिका अध्यक्ष ओलीलाई भेटेर ध्यानाकर्षण गराएको हो ।

सरकारले आगामी २ देखि ४ जेठसम्म काठमाडौैंमा सगरमाथा संवाद आयोजना गर्दैछ । माओवादीले सरकारले गर्न लागेको कार्यक्रम सकारात्मक रहेको भन्दै स्वागत समेत गरेको छ ।

सो विभागका तर्फबाट माधव सापकोटासहितको टोलीले कार्यक्रमका लागि विगतमा भएका प्रयाससमेतलाई आधार मानेर साझा अवधारणा ल्याउन आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सबै राजनीतिक दल र पक्षले विचारभन्दा माथि उठेर यसलाई सफल बनाउनुुपर्ने धारणा राखे । राष्ट्रिय महत्वका यस्ता कार्यक्रममा सरकारमा भएका पार्टीको मात्रै पक्षधरता हुने कुनै सम्भावना नरहेको भन्दै प्रधानमन्त्रीले यसलाई सफल बनाउन विभिन्न राजनीतिक दलसँग पत्राचार गरिने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा आयोजना गर्ने गरी यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?