+
+
Shares

सिप्रदी इम्प्याक्टको ‘फुटबल फर फ्युचर’ ७ प्रदेशमा हुने

कार्यक्रमको पहिलो चरण धरानबाट सुरु गरिएको थियो, जहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहसाथ सहभागिता जनाए भने जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३ गते १८:४२

३ वैशाख, काठमाडौं । देशका विभिन्न भूभागका बालिकाहरूको क्षमता विकास, आत्मविश्वास अभिवृद्धि र समावेशी अवस र सिर्जनाको उद्देश्यले सिप्रदीयन सहायता संस्था अन्तर्गत सिप्रदी इम्प्याक्ट र काठमाडौं किकर्सको सहकार्यमा निःशुल्क ‘फुटबल फर फ्युचर : देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर’ सञ्चालनमा ल्याएको छ ।

कार्यक्रमको पहिलो चरण धरानबाट सुरु गरिएको थियो, जहाँ ८४ जना स्थानीय समुदायका बालिकाहरूले उत्साहसाथ सहभागिता जनाए भने जनकनन्दनीमा भएको प्रशिक्षण शिविरमा ९० भन्दा बढीको सहभागिता थियो ।

सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु दाहालले हरेक बालिकाले आफ्नो क्षमतामा विश्वास गरुन्, अवसर खोजुन्, र आफ्नो समुदायमा परिवर्तन ल्याउन सकुन् भन्ने उद्देश्य रहेको बताए ।

‘फुटबल एक माध्यम हो, लक्ष्य चाहिँ दीर्घकालीन सामाजिक रूपान्तरण हो । यो कार्यक्रममा स्थानीय समुदाय, विद्यालयहरू, अभिभावक र सरोकारवाला पक्षहरूको साथ र सहकार्यमा अझ प्रभावकारी बनाउँदै लाने हाम्रो लक्ष्य छ,’ दाहालले भने ।

सिप्रदीका अनुसार धरान र जनकपुरपछि ‘फुटबल फर फ्युचर : देशव्यापी बालिका फुटबल प्रशिक्षण शिविर अब पोखरामा हुन लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?