३ बैशाख, काठमाडौं । भलिबल मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई तालिम तथा प्रशिक्षण विभागअन्तर्गत प्रशिक्षण योजना तथा अनुगमन विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवस्तरीय निर्णय अनुसार भट्टलाई विभागको उप-निर्देशकको जिम्मेवारी दिइएको राखेपले जनाएको हो ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले बुधबार भट्टलाई पत्र प्रदान गरे ।
उप-निर्देशकको जिम्मेवारी पाएसँगैै भट्टले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई धन्यवाद दिदै पाएको जिम्मेवारी इमान्दारीका साथ निभाउने प्रतिबद्धता व्यक्त गरे ।
विगत तीन दशकदेखि भलिबलमा सक्रिय भट्टले आफ्नो अनुभव, ज्ञान र सीपलाई पूर्ण इमान्दारीका साथ राष्ट्रको खेल क्षेत्रमा योगदान गर्ने बताएका छन् ।
प्रतिक्रिया 4