+

केपी ओली कप टी२० क्रिकेट : अत्तरिया अन्तिम चारमा, सेमिफाइनल समीकरण पूरा

२०८२ वैशाख  ३ गते २१:४६ २०८२ वैशाख ३ गते २१:४६
केपी ओली कप टी२० क्रिकेट : अत्तरिया अन्तिम चारमा, सेमिफाइनल समीकरण पूरा

३ वैशाख, पोखरा । अत्तरिया क्रिकेट एकेडेमी पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी २० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने अन्तिम टोली बनेको छ ।

बुधबार भएको समूह डी को अन्तिम खेलमा अत्तरियाले मालपोखरी क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुगेको हो ।

समूह डी मा ३ खेल नै जितेर अत्तरियाले शतप्रतिशत नतिजा निकालेको हो । होरिजोन क्रिकेट क्लबले ३ खेलमा २ जित र १ हारसहित दोस्रो स्थानमा रह्यो । मालपोखरीले ३ खेलमा १ जित २ हारसहित २ अंकका साथ तेस्रो स्थानमा रहँदा सुन्दर हरैचा क्रिकेट क्लब जितविहिन हुँदै पुछारमा रह्यो ।

यसअघि समूह ए बाट सिइसी काठमाडौं,  समूह बी बाट गण्डकी हिरोज र समूह सी बाट हिमाल फ्रेन्ड्स क्रिकेट क्लब अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

अब बिहीबार पहिलो सेमिफाइनलमा सिइसी काठमाडौं र हिमाल फ्रेण्ड्स तथा दोस्रो सेमिफाइनलमा गण्डकी हिरोज र अत्तरिया बिच प्रतिस्पर्धा हुनेछ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा १२५ रनको लक्ष्य अत्तरियाले १४.१ ओभरमा ४ विकेट गुमाउँदै १२८ रन बनाएर पूरा गरेको हो ।

अत्तरिका लागि ओपनर अभिषेक पलले १७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनाए । यस्तै निश्चल क्षेत्रीले २६ बलमा ३ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३० रन बनाए ।

मालपोखरीका सन्दिप खड्का, सिराज हावारी, डब्लु मलिकले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मालपोखरीले १२४ रन बनाएको थियो । उसका लागि विजय गुप्ताले ३६ बल खेल्दै ५ चौका र १ छक्का मदतमा ३८ रन बनाए । डब्लु मलिक र  जितेश मन्डलले समान १७ तथा सोहन कुमार यादव १६ रन जोडे ।

बलिङमा अत्तरियाका अर्जुन विक, हिकमत महर, शौर्या श्रेष्ठ र सुशिल साउदले २–२ तथा भोजराज भट्टले १ विकेट लिए ।

त्यसअघि समूह डी कै खेलमा होरिजोन क्रिकेट क्लबले सुन्दर हरैचा क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको थियो । होरिजनले १४० रनको लक्ष्य १२.३ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । होरिजोनका लागि आरिफ खानले ३३ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै सर्वाधिक ८० रन बनाए । अमर मिश्र ३७ रनमा नटआउट रहे । हरैचाका लागि प्रकाश कार्की र आयुष डंगेलले १–१ विकेट लिए ।

त्यसअघि टर हारेर ब्याटिङ गरेको सुन्दर हरैचाले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो । मनिष थापाले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधि ४७ रनको योगदान दिएका थिए । होरिजोनका लागि निर्मल गुरुङ, सुवम खनालले २-२ तथा महेश बहार, अमर मिश्र र निश्चल ज्ञवालीले १-१ विकेट लिए ।

मदन भण्डारी स्पोर्ट्र एकेडेमीको आयोजनामा २३ चैतदेखी सुरु भएको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो । हरेक समूहको विजेताले अन्तिम चारमा स्थान बनाएका हुन् ।

केपी ओली कप टी२० क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय