+

आईपीएल क्रिकेटमा आज मुम्बई र हैदराबाद भिड्दै

२०८२ वैशाख  ४ गते ८:३८ २०८२ वैशाख ४ गते ८:३८
आईपीएल क्रिकेटमा आज मुम्बई र हैदराबाद भिड्दै

४ वैशाख, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एक खेल हुँदैछ । आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । खेल मुम्बईस्थित वाङ्खेडे स्टेडियममा बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

यी दुवै टोली अंकतालिकाको तल्लो भागमा रहेका छन् । समान ६ खेलबाट २ जितसहित ४ अंक जोडेका दुई टोलीबिच नेट रनरेटको मात्र फरक छ । मुम्बई सातौं तथा हैदराबाद नवौं स्थानमा छ ।

मुम्बईले हालसम्म कोलकाता र दिल्लीलाई मात्र हराएको छ । त्यस्तै हैदराबादले राजस्थान र पञ्जाबलाई मात्र हराएको छ ।

मुम्बईले अघिल्लो खेलमा एकमात्र अपरााजित टिम दिल्लीलाई हराएको थियो । हैदराबादले अघिल्लो खेलमा पञ्जाबविरुद्ध २४६ रनको विशाल लक्ष्य पूरा गर्दै चमत्कारिक जित हासिल गरेको थियो ।

त्यसकारण मुम्बई र हैदराबाद उच्च मनोबलका साथ आज आमनेसामने हुँदैछन् ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय