+
+
Shares

गम्भीर प्रकृतिका ६ रोगको निःशुल्क उपचार, वार्षिक साढे ४ अर्ब लाग्ने अनुमान

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ४ गते ११:२९

४ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गम्भीर प्रकृतिका विभिन्न ६ रोगको निःशुल्क उपचार सुरु गरिएको जनाएको छ ।

जसमा १४ वर्ष मुनिका क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारको विषय छ । रगत नजम्ने दुर्लभ किसिमको बंशाणुगत रोग हिमोफिलियाको महंगो औषधि निःशुल्क भनिएको छ ।

पक्षघातको उपचारको लागि दुर्लभ र महँगो औषधि नि:शुल्क गरिएको छ । जलनका बिरामीका निःशुल्क उपचार, जलनका आकस्मिक उपचार नि:शुल्क गर्ने नीति कार्यान्वयनमा छ । कमजोर आर्थिक स्थिति रहेका नागरिकका लागि सातवटै प्रदेशमा जलनको विशिष्टिकृत उपचार निःशुल्क गर्ने नीति लागू भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद शिशिर खनालले संसदमा प्रश्न दर्ता  गर्दै निःशुल्क उपचार नीति कार्यान्वयनबारे प्रश्न गरेका थिए ।

यसको जवाफ पठाउँदै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गम्भीर प्रकृतिका ६ रोगको निःशुल्क उपचार कार्यान्वयनमा रहेको बताएका हुन् । यस निम्ति वार्षिक करिब साढे ४ अर्ब लाग्ने अनुमान रहेको पनि उनले समावेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?