
४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित मन्दिर नजिक एक पुरुषको शव फेला परेको छ ।
मन्दिरको भित्री गल्लीमा एक पुरुषको शव आज (बिहीबार) भेटिएको प्रहरीको केन्द्रीय समाचार कक्षले उल्लेख गरेको छ ।
मृत भेटिएका पुरुष अन्दाजी ५५/५६ वर्ष जति रहेको बताइएको छ । उनको अहिलेसम्म नामथर तथा वतन खुलेको छैन ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4