
४ वैशाख, काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पहिलो पटक दिनको ३० रुपैयाँभन्दा कममा नै अनलिमिटेड भ्वाइस र डाटा सेवा लिन सकिने प्याकहरू सहित विभिन्न नयाँ प्याक सञ्चालनमा ल्याएको छ ।
ग्राहकमाझ बढ्दो भ्वाइस र डाटा सेवाको माग ध्यानमा राख्दै कम्पनीले यी नयाँ प्याक ल्याएको जनाएको छ ।
भ्वाइस सेवामा एनसेलले ३९ देखि ५ सय ९९ रुपैयाँसम्म पर्ने ६ वटा नयाँ प्याक सार्वजनिक गरेको छ, जसमा ७ दिनका लागि १ सय ९८ रुपैयाँमा उपलब्ध अनलिमिटेड अल नेपाल प्याक पनि समावेश छ । यस प्याकमार्फत ग्राहकले दिनको २८।३ रुपैयाँमा अनलिमिटेड भ्वाइस कल सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै एनसेलबाट एनसेलमा कल गर्न टक टाइम चाहिने ग्राहकले ३ दिनका लागि मान्य अनलिमिटेड डे अन नेट प्याक लिन सक्छन्, जसको मूल्य ५० रुपैयाँमात्र छ । त्यसैगरी ५ सय ९९ रुपैयाँमा ग्राहकले ८४ दिन अर्थात् झन्डै ३ महिनासम्म प्रयोग गर्न मिल्ने ९ सय ९९ मिनेटको कुनै पनि नेपाली नेटवर्कमा कल गर्न मिल्ने अल नेपाल टक टाइम प्राप्त गर्न सक्छन् ।
भारतमा फोन गरी सम्पर्कमा रहिरहन पर्ने ग्राहक लक्षित गर्दै एनसेलले ४९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने इन्टरनेसनल लङ डिस्ट्यान्स (आईएलडी) प्याक सञ्चालन गरेको छ, जसअन्तर्गत ग्राहकले भारतमा प्रतिमिनेट २.९९ रुपैयाँ (करबाहेक) मा फोन गर्न सक्छन् । यो दर हाल लाग्दै आएको शुल्कभन्दा २५ प्रतिशत सस्तो हो ।
सस्तो शुल्कमा बढी मोबाइल डाटाको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै एनसेलले २ आकर्षक प्याक सार्वजनिक गरेको छ । ९९ रुपैयाँ पर्ने पहिलो प्याकमा ग्राहकले ३ दिनसम्म अनलिमिटेड डाटा लिन सक्छन् । २ हजार ४ सय ९९ शुल्क रहेको दोस्रो प्याकमा ग्राहकले ८४ दिनसम्म अनलिमिटेड डाटाको फाइदा लिन सक्छन् । यसले अनलिमिटेड डाटाको प्रतिदिनको खर्च मात्र २९.८ रुपैयाँमा झारेको छ ।
आफ्नो लोकप्रिय सधैं अन प्याकअन्तर्गत एनसेलले १ हजार ९ सय ९९ रुपैयाँमा २८ दिनसम्म मान्य रहने अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस सेवा रहेको प्याक सञ्चालनमा ल्याएको छ । त्यसैगरी ग्राहकलाई १ हजार १ सय ९९ रुपैयाँमा ८४ दिनका लागि १ हजार १ सय ९९ मिनेट अल नेपाल टक टाइम, २५ जीबी डाटा र ९९ एसएमएस पाइने अर्को प्याक पनि उपलब्ध गराएको छ ।
ग्राहकले यी प्याक ८१२३३ डायल गरेर, एनसेल एपमार्फत वा नजिकैको एनसेल पसल वा सेन्टरबाट लिन सक्नेछन् ।
एनसेलका चिफ कमर्सियल अफिसर उमर मोहसिनले भने, ‘यी नयाँ अनलिमिटेड भ्वाइस, डाटा प्याक र अन्य प्याकमार्फत हामीले सबैका लागि कनेक्टिभिटी अझ सहज र सस्तो बनाउँदै छौं । हामी हाम्रा ग्राहकलाई उनीहरूको डिजिटल जीवनशैलीसँग मेल खाने गरी सेवा प्रदान गर्दै कनेक्टेड नेपाल निर्माणमा योगदान दिन प्रतिबद्ध छौं ।’
आफ्ना ग्राहकहरूलाई थप लाभ सुनिश्चित गर्दै एनसेलले हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा सधैं अन रिनुअल प्याक र साना डाटा प्याकमा आकर्षक बोनस पनि प्रदान गर्दै आएको छ ।
एनएसएल डबल डाटा अफर अन्तर्गत ३ सय ९९ रुपैयाँबाट सुरु हुने सधैं अन रिनुअल प्याकमा ग्राहकले बोनसका रूपमा डबल डाटा प्राप्त गर्दछन् । त्यसैगरी एनसेल एपमार्फत खरिद गरिने ५० रुपैयाँको अनलिमिटेड डाटा र १ सय ५० रुपैयाँको डबल मजा प्याकमा ग्राहकले क्रमशः एनसेलबाट एनसेल नम्बरमा कल गर्न मिल्ने २० मिनेट टक टाइम र २ जीबी बोनस डाटा प्राप्त गर्दछन् ।
प्रतिक्रिया 4