
४ वैशाख, काठमाडौं । पछिल्लो समय बजारमा जिरा पाउडरको मूल्यमा गिरावट आएको छ । अघिल्ला महिनाहरूमा धेरै मूल्यवृद्धि भएको जिराको मूल्य वैशाखमा घटेको छ ।
नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकले स्थानीय बजारमा जिराको मूल्य घटेको देखाएको हो । संघले १ वैशाखमा सार्वजनिक गरेको खाद्यान्नको खुद्रा मूल्यसूची अनुसार जिरा पाउडरको मूल्य प्रतिकिलो ५० रुपैयाँ घटेको छ । संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ ।
संघको तथ्यांक अनुसार जिरा पाउडरको मूल्य प्रतिकिलो ८ सय ५० रुपैयाँ कायम छ । चैतमा ९ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै धनियाँ पाउडरको मूल्य भने यथावत छ । धनियाँ पाउडर प्रतिकिलो ३ सय रुपैयाँ छ ।
यस्तै गेडा जिराको मूल्य प्रतिकिलो ५ सय ९० रुपैयाँ तोकिएको छ । चैतमा भने ५ सय ७५ रुपैयाँ थियो । चैतको तुलनामा वैशाखमा गेडा जिराको मूल्य १५ रुपैयाँ बढेको छ । धनियाँ गेडा हरियोको मूल्य भने प्रतिकिलो २ सय ४० रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4