
४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको छ ।
न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरुलाई पक्राउ गरेको थियो ।
उनीहरु अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका थिए । त्यसक्रममा उनीहरु भाग्दै भारत हुँदै नेपाल प्रवेश गरेको पाइएको प्रहरीले जनाएको थियो ।
चारमध्ये एकजनाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए । निवेदनमाथि प्रारम्भिक सुनुवाईपछि सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।
आदेशको विवरण सार्वजनिक भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4