
४ वैशाख, काठमाडौं। विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षकहरूको आन्दोलनप्रति एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिवद्धता जनाएका छन् ।
बिहीबार शिक्षकहरुको आन्दोलन स्थलमै पुगेर नेता खनाल ऐक्यवद्धता जनाएका हुन् । देशभरका शिक्षकहरू जम्मा भएर बिहीबार आन्दोलनलाई थप चर्काउँदै लगेका छन् ।
उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहेकाले यातायात सेवा प्रभावित भएको हो ।
शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।
मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ ।
प्रतिक्रिया 4