+
+
Shares
सेलिब्रेटी :

१०० प्रभावशालीको ‘टाइम म्यागजिन’को सूचीमा एड सिरनसहितका सेलिब्रेटी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १२:००

काठमाडौं । हरेक वर्ष जस्तै यसवर्ष पनि टाइम म्यागजिनले विश्वका १०० प्रतिभाशाली व्यक्तिहरूको वार्षिक सूची जारी गरेको छ । सन् २०२५ को यो सूचीमा बलिउडबाट शाहरुख खानदेखि आलिया भट्टसम्म समावेश थिए ।

यसवर्ष भने कुनै बलिउड कलाकारको नाम समावेश छैन । सन् २०२४ मा आलिया सूचीमा समावेश थिइन् । सन् २०२३ मा शाहरुख खान समावेश थिए । सन् २०१८ मा दीपिका पादुकोणलाई पनि यो सूचीमा समावेश गरिएको थियो ।

बेलायती पपस्टार एड सिरन, स्कारलेट जोहानसन, एडम स्कट, क्रिस्टन विग, रशिदा जोन्स, डिएगो लुना, डेनियल डेडवाइलर, होजियर र मोहम्मद रसौलोफ जस्ता स्टारहरू टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिहरूको वार्षिक सूचीमा समावेश छन् ।

सूचीमा हलिउड अभिनेत्री डेमी मूर, एड्रियन ब्रोडी, हिरोयुकी सनाडालाई सूचीको आइकन खण्डमा समावेश गरिएको छ । सूचीलाई विभिन्न वर्गमा विभाजन गरिएको छ जसमा नेता, आइकन, टाइटन र अभिनेता आदि समावेश छन् । यसबाहेक नवप्रवर्तक र अन्वेषकलाई पनि स्थान दिइएको छ ।

सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका नजिकका प्रविधि व्यवसायी इलन मस्कले पनि स्थान पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?