+
+
Shares

निजामती कर्मचारीलाई सडकमा जानबाट रोकौ : हृदयराम थानी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १२:२२

५ वैशाख, काठमाडौं । निजामती विधेयकको प्रतिवेदनमा नेपाली कांग्रेसका सांसद हृदयराम थानीले आफ्नो फरक राय प्रस्तुत गरेका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले कुलिङ पिरियडको प्रस्तावमा अमिल्दो प्रावधान रहेको बताए । ‘कसैलाई कुलिङ पिरियड लाग्ने कसैलाई नलाग्ने किन ? अवकाश सबैको अवकाश हो किन विभेद ?’ थानीले प्रश्न गरे ।

उनले थपे, ‘राजनीतिक कर्मचारी बीच हुने साँठगाँठ रोक्न कुलिङ पिरियड राखिएको हो । परराष्ट्र र न्याय सेवामा किन राखिएन ? एउटै मापदण्ड तयार गरौं ।’

अतिरिक्त सचिव ब्युँताउने कुरामा अतिरिक्त सचिव राख्ने र पछि तोकिए बमोजिम हुने भनिएको उल्लेख गर्दै उनले भने, ‘अतिरिक्त सचीवको कुरा राख्दा प्रष्ट गरेर जानुपर्छ । तोकिए बमोजिम हुने भन्दा मेरो फरकमत रहन्छ ।’

उनी थप्छन्, ‘अतिरिक्त सचिब नराख्दा पनि हुन्छ । राख्ने हो भने  ऎनमा नै व्यवस्था गरौ कसैलाई अधिकार दिने र कसैलाई लुकाउने काम नगरौं ।’

सांसद थानीले  बोल्न पनि कसरी बोल्ने गाह्राे रहेको बताए । अगाडि भने, ‘ट्रेड युनियनको कुरा कसरी राख्ने ? कर्मचारीको ९ बुँदे माग छ यसलाई पनि सम्बोधन गरियोस्  ।’

उनको अर्को फरक मतको बुँदा छ, -अरुमा एक वर्ष,  एनजीओमा दुई वर्ष काम गरेकोले सेवा प्रवेशमा सहुलियत पाउने राखिएको छ । कुरा उही हो सबैलाई एउटै गरौं ।’

पशु चिकित्सकको आठौं तह राख्नपर्ने उनले सुझाए ।

गर्भवतीको स्वास्थ्य अवस्था हेरेर अगाडी लिन पाउने बिदा दिन सकिने व्यवस्था राख्न आग्रह गरे ।

हजारौं शिक्षक सडकमा रहेको उल्लेख गर्दै उनले थपे, ‘भोलि कर्मचारी सडकमा जाने व्यवस्था नहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?