+
+
Shares

मुख्य सचिवको प्रश्न- अतिरिक्त सचिव नहुँदा मुलुकलाई के असर पर्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १४:०२

५ वैशाख, काठमाडौं । नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताएका छन् । आर्थिक भार थप्नेगरी पद सिर्जना नगर्न उनको आग्रह छ ।

‘अतिरिक्त सचिव नभएर के असर पर्‍यो ?’ मुख्यसचिव अर्यालको प्रश्न छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा उनले अतिरिक्त सचिव पद सिर्जना गरेर मुलुकलाई आर्थिक भारमात्रै थपिने जिकिर गरे ।

‘अतिरिक्त सचिव अभ्यासमा फेल भएको अभ्यास हो,’ आर्यलले भने, ‘अतिरिक्त सचिव नभएकैले सेवा प्रवाहमा असर परेको हो ? वा के भएको हो ?’

आर्थिक रुपमा नेपाल लिमिटेड सोर्समा रहेको भन्दै उनले थपे, ‘पद सिर्जना गर्दै गर्दा ख्याल गरौं– भोलि स्टेट फेल हुने अवस्था आयो भने के हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?