+
+
Shares

१७ दिनदेखि सडकमा शिक्षक, सर्वसाधारणलाई सास्ती (तस्वीरहरू)

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १७ दिनदेखि देशभरका शिक्षकहरू काठमाडौंका सडकमा आन्दोलन गरिरहेका छन् । प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ वैशाख ५ गते १४:११

५ वैशाख, काठमाडौं। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै १७ दिनदेखि देशभरका शिक्षकहरू आन्दोलनमा छन् ।

देशभरका शिक्षकहरू जम्मा भएर शुक्रबार आन्दोलनलाई थप चर्काउँदै लगेका छन् । उनीहरुको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा बिहीबार पनि यातायात सेवा ठप्प छ । उनीहरुले पूरै सडक ढाकेर प्रदर्शन गरिरहँदा भने सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।

शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा शिक्षक तथा कर्मचारीहरुले २० चैतदेखि काठमाडौंमा केन्द्रित आन्दोलन गरिरहेका छन् ।

मन्त्रिपरिषद् र मन्त्रालयबाट सम्बोधन गर्न सकिने शिक्षकका मागका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७ बुँदे प्रस्ताव तयार गरेपनि नेपाल शिक्षक महासंघले असहमति जनाउँदै आएको छ। उनीहरूले आन्दोलनलाई पहिलाभन्दा थप शसक्त बनाउँदै गरेका छन् । शिक्षकहरू माइतीघर-बबरमहल-बिजुलीबजार सडक ढाकेरै प्रदर्शनमा उत्रिएका छन् ।

हेर्नुहोस् थप तस्वीरहरू :

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?