
काठमाडौं । आउँदो सोमबार पूर्वमिस नेपाल तथा सोसल मिडिया इन्फ्लुएन्सर अस्मी श्रेष्ठ विवाह बन्धनमा बाँधिदैछिन् । वैवाहिक समारोह बिहीबारदेखि नै सुरु भैसकेको छ ।
प्रेमी सशांकलाल श्रेष्ठसँग विवाह गर्न लागेकी अस्मीको बिहीबार मेहेन्दी समारोह आयोजना भयो । प्राप्त तस्वीरमा अस्मी र सशांक रोमान्टिक र प्रफुल्ल देखिएका छन् ।
आकर्षक फुल र सजिसजाउको सेटमा यी दुईजनाले आकर्षक फोटोसुट गराएका छन् । ‘अब सँधैको लागि सुरुवात’ लेख्दै अस्मीले प्रशंसकलाई मेहेन्दीका फोटो सार्वजनिक गराएकी छन् ।
शिवांगीको आकर्षक डिजाइनमा अस्मी र सशांक हरियो रङको पहिरनमा आकर्षक पनि देखिएका छन् । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।
अस्मी र उनका प्रेमीबीच २०८० साल पुस २० गते अमेरिकाको न्यूयोर्कमा इन्गेजमेन्ट भएको थियो । कामको कुरा गर्दा, अस्मी होस्ट र जजको रुपमा देखिन लागेको टेलिभिजन कार्यक्रम ‘नेपाल्स नेक्स्ट टप मोडल’ हिमालय टिभीबाट प्रसारणको तयारीमा छ ।
प्रतिक्रिया 4