+
+
Shares

गभर्नरमा भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १६:५४

५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका डा. गुणाकर भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भट्टलाई गभर्नर नियुक्तिका लागि योग्यता नपुगेको भन्दै अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार सर्वोच्च प्रशासनमा निवेदन दर्ता गराएका हुन् ।

निवेदकहरूका अनुसार आइतबार नै पेसीमा चढाउनेगरी पुरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको छ । दलहरूबीचको सहमतिका आधारमा ऐनको बाटो छाडेर दूषित कार्य भएको दाबी निवेदकहरूले गरेका छन् ।

भट्टले शुक्रबारमात्रै कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । भट्टको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

यसअघि गत २ वैशाखमा अधिवक्ताद्वय उप्रेती र थापाले नै दायर गरेको रिट अन्तरिम आदेश जारी गर्दै ६५ वर्ष उमेर पार गरेका व्यक्तिलाई नियुक्तिको प्रक्रियामा सामेल नगराउन सर्वोच्चले भनेको थियो ।

अधिवक्ता अनन्तराज लुईंटेलका अनुसार उक्त रिटमा अन्तरिम आदेशको छलफल पनि आइतबारका लागि नै तोकिएको छ । सोही रिटमा भट्टविरुद्धको पुरक रिट समेत सामेल भइ पेस हुने प्रक्रिया रहेको लुईंटेल बताउँछन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरित डा. भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको पनि पुरक रिट निवेदनमा दाबी गरिएको छ ।

कानुनको बाटोबाट योग्य उम्मेदवारहरुको गभर्नर नियुक्ति समितिबाट छनौट भएर आउनुपर्नेमा गैर कानुनी बाटोबाट नेताहरुको सहमतिमा नियुक्ति गरिने कार्य सुशासन ऐन विपरित हुने दावी पनि रिटमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?