+
+
Shares

गेटा आँखा अस्पताल मार्तडीका प्रमुखसहितका दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १७:०९

५ वैशाख, धनगढी । गेटा आँखा अस्पताल बाजुराको मार्तडी शाखाका प्रमुख नेत्र सहायक अंकित कु. निगम बानिया लागुऔषधसहित पक्राउ परेका छन् ।

आँखा अस्पतालको मार्तडी शाखा प्रमुख बानियालाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार दिउँसो धनगढीको राजपुरबाट लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले नवलपरासीको पालिनन्दन गाउँपालिका–४ का २८ वर्षीय बानिया र त्रिणेवी नगरपालिका–८ बस्ने २५ वर्षीय मेकेन्द्र गिरीलाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको जानकारी दिए ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा बानियाले चलाएको लुप्रप्र ०१००१प९२७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा पछाडि सवार गिरीले बोकेको झोलाभित्र राखेको अवस्थामा प्लाष्टिकसहित १० ग्राम र प्लाष्टिक बाहेक ८ ग्राम ८० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको डीएसपी बोहराले बताए ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?