+
+
Shares

मूल्यसूची नराख्ने आदित्य इन्टरप्राइजेजलाई ५० हजार जरिबाना

अनुगमनका क्रममा आदित्य इन्टरप्राइजेजले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १९:०५

५ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भक्तपुरको आदित्य इन्टरप्राइजेजलाई ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।

शुक्रबार विभागले नियमित अनुगमन अन्तर्गत ४ वटा उद्योग तथा फर्म अनुगमन गरेको थियो । सोही क्रममा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–५ मा रहेको आदित्य इन्टरप्राइजेजलाई उक्त जरिबाना तिराइएको हो ।

अनुगमनका क्रममा उक्त इन्टरप्राइजेजले मूल्यसूची र दर्ता प्रमाणपत्र नराखेको पाइएपछि जरिबाना तिराइएको विभागले जनाएको छ । उक्त इन्टरप्राइजेजलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ९२०० १ बमोजिम कारबाही गरिएको विभागको भनाइ छ ।

त्यस्तै भक्तपुर मध्यपुर थिमि नगरपालिका–५ मा रहेको राजेश हार्डवेयरले एमआरपी सहित लेबल नलगाइ सामान बेचेको पाइएपछि एमआरपी सहितको लेबल लगाएर बिक्री गर्न र उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार उद्योग सञ्चालन गर्न निर्देशन दिइएको छ ।

यस्तै शुक्रबारको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलको फास्टर सिल्कवे प्रालिलाई ३ दिनभित्र व्यवसायसँग सम्बन्धित कागजपत्र लिएर विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिका–१० बिजुलीबजारको सुमार्ग फार्मेसीको कस्मेटिक्स तथा न्युट्रास्युटिकल्सका सामग्रीको नमुना संकलनका साथै ती सामग्रीको बिक्री रोक्का गरेको छ । उक्त फार्मेसीलाई पनि सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन २०७५ तथा उपभोक्ता संरक्षण नियमावली २०७६ उल्लंघन गरेको पाइएपछि सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?