+
+
Shares

सहरमा सडक बनाउँदा युटिलिटी करिडोर अवधारणा अघि बढाऔं : उपप्रधानमन्त्री सिंह

सडक बने लगत्तै ढल, खोनपानी पाइप, फाइबर बिच्छ्याउन भत्काइ हाल्ने प्रवृत्ति रोक्नका लागि पनि युटिलिटी करिडोर अवधारणामा जानुपर्नेमा सिंहको जोड थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १९:१८

५ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूमा सडक बनाउँदा ‘युटिलिटी करिडोर’ को अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।

पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ–पुल्चोक सडक खण्ड उद्घाटनमा सिंहले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताएका हुन् ।

सडक बने लगत्तै ढल, खोनपानी पाइप, फाइबर बिच्छ्याउन भत्काइ हाल्ने प्रवृत्ति रोक्नका लागि पनि युटिलिटी करिडोर अवधारणामा जानुपर्नेमा सिंहको जोड थियो ।

‘सहरको बीचमा बाटो बनाउँदा युटिलिटी करिडोर अवधारणालाई अब हामीले अगाडि बढाउनुपर्छ । सडक बने लगत्तै ढल, पाइपलाइन, फाइबर बिच्छ्याउन भत्काइन्छ,’ उनले थपे, ‘जनतामा बाटो बने पनि भत्किहाल्छ भन्ने परेको छ । यसलाई रोक्न युटिलिटी करिडोरमा अब ध्यान दिनैपर्छ ।’

उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणमा जोड दिइरहेको बताए । ‘व्यवस्था बदलियो अवस्था बदलिएन’ भन्ने भाष्य बनाउन खोजिएको भन्दै उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गरे ।

‘राम्रो काम होस् भन्ने जनताको चाहना छ । त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनु छ । डेलिभरी हुनुपर्‍यो भन्ने आमजनताको चाहना छ । डेलिभरी बिस्तारै हुँदैछ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?