+
+
Shares

फोहोर वर्गीकरण गर्न काठमाडौंका प्रत्येक वडालाई १ लाख

कुहिने र नकुहिने फोहोर वर्गीकरण कार्यक्रम सञ्चालन गर्न खर्च प्रत्येक वडालाई १ लाखका दरले बजेट विनियोजन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ५ गते १९:२४

५ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रत्येक वडालाई फोहोर वर्गीकरण गर्न १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार कुहिने र नकुहिने फोहोर वर्गीकरण कार्यक्रम सञ्चालन गर्न खर्च प्रत्येक वडालाई १ लाखका दरले बजेट विनियोजन भएको हो ।

‘काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा कुहिने र नकुहिने फोहर वर्गीकरण कार्यक्रम सञ्चालन गर्नका लागि प्रत्येक वडामा १ लाख पठाइएकाले उक्त रकम र तपसिल उल्लेखित शीर्षकमा त्यस वडाको आवश्यकता अनुसार कार्यक्रम निर्माण गरी खर्च गर्नू’ महानगरले वडालाई पठाएको पत्रमा छ ।

यसअघि महानगरभित्रका १० वटा भित्री सहरी वडामा वातावरण व्यवस्थापन विभागले स्रोतमा नै फोहोर वर्गीकरण (कुहिने/नकुहिने फोहोर) कार्यक्रम सञ्चालन गरिरहेको छ ।

महानगरले वडालाई लेखेको पत्र:

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?