+

रोबर्टो कार्लोस एनएसएलको दोस्रो क्वालिफायर हेर्न आउने

२०८२ वैशाख  ५ गते २०:०० २०८२ वैशाख ५ गते २०:००
रोबर्टो कार्लोस एनएसएलको दोस्रो क्वालिफायर हेर्न आउने

५ वैशाख, काठमाडौं। ब्राजिलियन विश्वकप विजेता रोबर्टो कार्लोस बैशाख ९ गते नेपाल आउने भएका छन् ।

उनी नेपाल सुपर लिग एनएसएल २०२५ को दोस्रो क्वालिफायर हेर्न नेपाल आउन लागेका हुन् ।

यसअघि बैशाख ६ गते हुने पहिलो क्वालिफायर हेर्न आउने तय थियो । तर स्वास्थ्यका कारण उनी तोकिएको समयमा आउन नसकेको र दोस्रो क्वालिफायरमा नेपालआउने भएका हुन्।

एनएसएलको आयोजक एनएसइएमले शुक्रबार रोबर्टो कार्लोसको भिडियो सार्वजनिक गर्दै उनी अप्रिल २२ (बैशाख ९ गते) नेपाल आउने र बैशाख १० गते हुने दोस्रो क्वालिफायर हेर्ने जनाएको छ ।

भिडियोमा रोबर्टो कार्लोसले आफूले नेपाल भ्रमण रद्द नगरेको र डक्टरको सल्लाहमा केही दिन आराम चाहिएकोले पोस्टपोन्ड गरेको बताएका छन् ।

उनी एनएसएलको अवसर पारेर दुई दिनका लागि नेपाल भ्रमण आउन लागेका हुन् ।

एनएसएल रोबर्टो कार्लोस

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय