+
+
Shares

सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते ७:३८

६ वैशाख, काठमाडौं । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् ।

शनिबार भएको निर्वाचनमा पन्थीले १४९ मत ल्याएर अध्यक्ष निर्वाचित भएकी हुन् । अर्की प्रत्यासी पवित्रा सुनारले ८७ मत पाइन् ।

यसैगरी उपाध्यक्षमा बसन्ती बास्तोला १२८ मत सहित विजयी भइन् । अर्की प्रतिस्पर्धी लोग्शरी कुँवरले १०० मत पाइन् ।

महासचिवमा राधा खनाल निर्विरोध निर्वाचित भएकी छन् ।

सचिवमा उर्बशी बस्न्यात १०७ मत सहित विजयी भइन् । सचिव पदमा अर्की प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित भइन् । राइले १०३ मत पाइन् ।

कोषाध्यक्षमा साजना तामाङ १५ मत अन्तरले निर्वाचित भइन् । तामाङ १२० सहित निर्वाचित हुँदा अर्की प्रतिस्पर्धी मञ्जिमा ढकालले १०५ मत पाइन् ।

सदस्यहरुमा कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन् ।

सञ्चारिका समूहको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि शनिबार निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?