+
+
Shares

भारतीय प्रधानमन्त्री मोदी साउदी अरब भ्रमणमा जाँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ६ गते १३:०६

६ वैशाख, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरब भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयले आज शनिबार मोदी साउदी अरब जान लागेको जानकारी दिएको हो ।

विदेश मन्त्रालयको विज्ञप्तिमा मोदीले २२ र २३ अप्रिल अर्थात् यही वैशाख ९ र १० गतेको दिन साउदी अरबको औपचारिक भ्रमण गर्ने उल्लेख छ ।

मोदी साउदी अबरका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको औपचारिक निम्तोमा भ्रमणमा जान लागेका हुन् ।

मोदीले यसअघि सन् २०१९ र २०१६ मा दुईपटकसम्म साउदी अरबको औपचारिक भ्रमण गरेका थिए । सन् २०२३ को सेप्टेम्बरमा साउदीका क्राउन प्रिन्स जी–ट्वान्टी देशहरुको सम्मेलनमा भारत आएका बेला मोदीलाई भ्रमणको निम्तो दिएका थिए ।

भ्रमणका एजेण्डा सार्वजनिक भइसकेको छैन । तर रक्षा, व्यापार, लगानी, शिक्षा र स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल हुने अनुमान छ ।

भारत र साउदीअरबबीच सामाजिक–साँस्कृतिक र व्यापारिक सम्बन्धको लामो ऐतिहासिक पृष्ठभूमि छ । विदेश मन्त्रालयले विज्ञप्तिमा दुई देशबीच घनिष्ठ र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध मजबुत रहेको उल्लेख छ ।

हेर्नुहोस् भारतीय विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्ति-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?